Logo

कांग्रेस संसदीय दलको बैठक सुरू, सरकारविरुद्ध कडा रणनीति बनाउने



काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बैठक बसेको हो ।

बैठकमा संसद्‌मा उत्पन्न परिस्थितिबारे छलफल गरिने नेताहरूले बताएका छन् । बिहीबार बसेको संसद् बैठकमा सत्ता र प्रतिपक्ष दलहरूबीच मुठभेडको स्थिति उत्पन्न भएको थियो । त्यसबारे सत्ता र प्रतिपक्ष दलले एकार्कालाई आरोप लगाएका छन् ।

कांग्रेसले संसदीय दलको बैठकबाट संसद्‌मा कसरी प्रस्तुत हुने भन्ने रणनीति तय गरिने नेताहरूले बताएका छन् । आजै बिहान ११ बजे बस्ने गरी प्रतिनिधिसभाको बैठक आह्वान गरिएको छ ।

सहकारीको बचत अपचलनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै कांग्रेसले छानबिनका निम्ति संसदीय समिति गठनको माग गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्