Logo

प्रधानमन्त्रीले विश्वासको मत लिने कुरा हामीलाई थाहा छैन्, सहकारी ठगीमा छानबिन समिति नबनाई सुखै छैन् : राजेन्द्र पाण्डे



काठमाडौं, ४ जेठ । नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्र प्रसाद पाण्डेले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति नबनाईकन सरकारले सुख नपाउने बताएका छन् । उनले समग्र सहकारी ठगी प्रकरणको छानबिन गर्नेगरि समिति बन्ने विश्वास दिलाए । प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित् भएपछि संसद् भवन परिसरमा मिडियाकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा उनले यस्तोब ताएका हुन् । उनले छानबिन समिति बनाउँदा गृहमन्त्री रवि लामिछानेको मात्रै नाम किटान भने नहुने बताए ।

उनले भने,‘केवल गृहमन्त्रीको मात्रै कुरा भएन । सबै सहकारीसम्बन्धी छानबनि हुनुपर्छ । गिरिबन्धु टि–स्टेटको सम्बन्धमा अदालतले फैसला गर्यो । पूर्णपाठ पढेर पार्टीको धारणा बनाउन सकेका छैनौं । हिजोपनि यो भ्रष्टाचारजन्य काम नै हो ।’

प्रधानमन्त्री दाहालले विश्वासको मत लिने विषयमा सोधिएको जिज्ञासामा उनले आफूलाई थाहा नभएको स्पष्ट पारे । उनले भने,‘जेठ ७ गते प्रधानमन्त्रीले विश्वासको लिनपर्ने भएछ । मिडियाले भनेपछि थाहा पाएँ । विश्वासको मत दिनुपर्ने वा नदिने पार्टीमा सल्लाह गर्नेछौं ।’

उनले संसदीय छानबिन समिति नबनाई सुख नभएको जिकिर गरे । उनले संसदीय छानबिन समितिमा अब मध्यमार्गी ठाउँ नभएको जिकिर गरे । उनले भने,‘फलानो व्यक्तिको नाम किटेर गर्ने वा नगर्ने भन्ने कुरा गर्न सकिन्छ । सहकारीको नाम हालेर समिति बनाउँदा हुन्छ । सबै सहकारीको नाम हालेपछि गृहमन्त्रीको नाम किन लिनुपर्यो र ? त्यो त्यहीँ परिहाल्छ नि ।’ file photo



प्रतिक्रिया दिनुहोस्