Logo

रवि लामिछानेसहित सबै छानबिनको दायरामा आउनुपर्छ, गिरिबन्धु प्रकरणमा हाम्रो संलग्नता छैन् : डा. महत (भिडिओसहित)



काठमाडौं, ४ जेठ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सदनको अवरोध हट्ने विश्वास दिलाएका छन् । प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित् भएपछि संसद् भवन परिसरमा मिडियासँगको संक्षिप्त कुराकानीमा उनले यस्तो बताएका हुन् ।

उनले भने,‘आशा गरां, यो बीचमा केही समझदारी हुन्छ । यो संसदीय व्यवस्था लामो संघर्षबाट स्थापित गरेका छौं । सबै कोणबाट सहमति गर्दा सबैको लागि राम्रो हुन्छ । सम्वादमा बसेपछि मूलभूत रुपमा छानबिन समितिको मर्म छ, त्यसमा संलग्न सबै छानबिनको परिधिभित्र आउनुपर्छ । भेदभावपूर्ण तरिकाबाट हुनुभएन । त्यसलाई समान किसिमबाट हेरिनुपर्छ । त्यस किसिमबाट छानबिन समिति बन्ने कुरा हो ।’

छानबिन समिति बनाउँदा गृहमन्त्री रवि लामिछानेको नाम किटान गर्ने कुराबाट तपाईंहरु ब्याक भएको हो भन्ने पत्रकारको प्रश्नमा महतले भने–‘उहाँपनि त्यसमा संलग्न हुनुहुन्छ । छानबिनको दायरामा उहाँलगायत सबै आउनुपर्छ ।’ उनले सबै सहकारी पीडितहरुलाई न्याय दिलाउनको लागि आफूहरु गम्भीर भएर लागेको सुनाए ।

गिरिबन्धु टि–स्टेटको विषयमा सर्वोच्च अदालतले निर्णय गरेकोले अदालतको फैसला कार्यान्वयन हुने विश्वास दिलाए । उनले गिरिबन्धु टि–स्टेट प्रकरणमा आफूहरुको संलग्नता नभएको जिकिर गरे ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot