Logo

सबै दलको छलफलबाट राजनीतिक निकास आउँछः मन्त्री अर्याल



नेपालगन्ज ४ जेठ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले सबै राजनीतिक दलको छलफलबाट राजनीतिक निकास आउने बताएका छन् ।

रोजगार सेवा केन्द्रमा कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धि तालिममा सहभागी हुन आज बाँकेको कोहलपुर आएका उनले पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले मात्रै निकास निकाल्न नसक्ने बताए । उनले संवादबाट गतिरोधको अन्त्य हुने विश्वास व्यक्त गरे । सुसंस्कृत राजनीति गर्न भनेर आएको पार्टीले संसद्मा गरेको गतिविधि दुःखद भएको उनको भनाइ थियो ।

मन्त्री अर्यालले वैदेशिक रोजगारका लागि विभिन्न देशमा गएका र जेलमा भएका नेपालीका विषयमा गहन अध्ययन हुन लागेको उल्लेख गर्दै श्रम स्वीकृति लिएर गएका नेपाली नागरिकका पक्षमा उद्धार, शव व्यवस्थापन, औषधो पचार गर्न वैदेशिक रोजगार बोर्ड गठन भएको बताए। उनले श्रम स्वीकृति नलिई जाने कामदारका लागि मन्त्रालयले कुनै काम गर्न नसक्ने जानकारी दिर्दै महिला कामदार विदेश जाने र असुरक्षा हुने विषय जटिल भएको उल्लेख गरे ।

“वैदेशिक रोजगारीमा संस्थागत र व्यक्तिगत ठगी छ, यसलाई योजना बनाएर काम गनुपर्छ”, मन्त्री अर्यालले भने । मन्त्रालयका सचिव घनश्याम उपाध्यायले श्रमसँग सम्बन्धित श्रमाधान अभियान सञ्चालन हुन लागेको जानकारी दिए । उनले वैदेशिक रोजगारीका लागि मिटर ब्याजमा पैसा लिने समस्या चिन्ताको विषय भएको बताए ।रासस/file photo



प्रतिक्रिया दिनुहोस्