Logo

कांग्रेसमाथि खनिए योगेश भट्टराई, सदनमा हठ देखाएको आरोप (भिडिओसहित)



काठमाडौं, ४ जेठ । नेकपा (एमाले) का सांसद योगेश भट्टराईले नेपाली कांग्रेसले सदनमा हठ देखाएको आरोप लगाएका छन् । उनले अहिलेको सदन अवरोधको समस्यालाई युक्तिसंगत ढंगले हल गर्नको लागि आफूहरु जिम्मेवारी ढंगले लागिपरेको पनि सुनाए ।

प्रतिनिधिसभाको आजको बैठक बस्दै नबसी स्थगित् भएपछि मिडियाकर्मीहरुसँगको संक्षिप्त कुराकानी गर्ने क्रममा सांसद भट्टराईले यस्तो बताएका हुन् । उनले भने,‘नेपाली कांग्रेसले जसरी हठपूर्वक ढंगले एउटै कुरा पटक-पटक उठाइराखेको छ । त्यसमा कुनै लजिक छैन् । त्यस्तो कुराको पछाडि जान सकिँदैन् । तथ्यपूर्ण कुरामा जान सकिन्छ । मलाई विश्वास छ की आज र भोलिको सम्वादको बीचमा कांग्रेस आफ्नो हठबाट पछि हट्नेछ । सत्ता पक्ष पनि केही लचकताका साथ प्रस्तुत हुन्छ ।’

उनले सहकारीलगायतको विषयमा छानबिन समिति बन्न सक्ने बताए । तर, व्यक्तिकेन्द्रित छानबिन समिति नबन्ने उनले आफूहरुको बटमलाईन सुनाए । समग्र सहकारीको विषयमा अध्ययन गर्ने र समाधान गर्ने विषयमा आफूहरु लचक भएको उनको भनाई छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेसका नेताहरुसँग आजै सम्वाद गर्ने भएकोले केही निकास निस्किनेमा आफुहरु विश्वस्त रहेको पनि उनले सुनाए । उनले प्रधानमन्त्री दाहालले जेठ ७ गते विश्वासको मत लिने र अहिले सत्ता पक्षसँग सुविधाजनक बहुमत रहेको बताए । Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्