Logo

कोशीमा ५ मन्त्री र २ राज्यमन्त्री नियुक्त, अर्थमा राना, भौतिकमा उप्रेती, अन्य कुनमा को ?



काठमाडौं,४ जेठ । कोशी प्रदेशमा सरकार विस्तार भएको छ । मुख्यमन्त्री हिक्मत कार्कीले आज एमालेका ३ जनालाई मन्त्री र एक जनालाई राज्यमन्त्री तथा माओवादीका २ जनालाई मन्त्री र एक जनालाई राज्यमन्त्री नियुक्त गरेका छन् ।

मुख्यमन्त्री कार्कीले एमालेका पञ्चकर्ण राई, लिलाबल्लभ अधिकारी र एकराज कार्कीलाई मन्त्री तथा सिर्जना राईलाई राज्यमन्त्री नियुक्त गरेका छन् । यसअघि एमालेबाट राम राना मन्त्री नियुक्त भईसकेका छन् ।

एमालेबाट मन्त्री बनेका रानाले अर्थ, राईले सामाजिक विकास, अधिकारीले आन्तरिक मामिला तथा कानून,र कार्कीलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिईएको छ ।

त्यस्तै माओवादीबाट नारायण बुर्जामगर र राजेन्द्र कार्की मन्त्री नियुक्त हुँदा बन्दना झाँगड राज्यमन्त्री भएकी छन् । यसअघि माओवादीका गणेश उप्रेती मन्त्री भईसकेका छन् । माओवादीबाट उप्रेतीले भौतिक पूर्वाधार, मगरलाई पर्यटन, वन तथा उद्योग र कार्कीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिईएको छ । एमालेकी सिर्जनालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राज्यमन्त्री र झाँगडलाई पर्यटन राज्यष्मन्त्रीको जिम्मेवारी दिईएको छ ।

संविधानको धारा १६८ (५) अनुसार गत वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त कार्कीले मुख्यमन्त्री भएकै दिन एमालेका रामबहादुर राना मगर र माओवादीका गणेश उप्रेतीलाई मन्त्री बनाएका थिए ।



प्रतिक्रिया दिनुहोस्