Logo

प्रह्लाद केसी मासाचुसेट्स राज्यमा कार्यक्षेत्र रहनेगरि अवैतनिक वाणिज्य दूतमा नियुक्त



काठमाडौं, ४ जेठ । नेपाल सरकारले अमेरिकाको मासाचुसेट्स राज्यमा कार्यक्षेत्र रहनेगरि प्रह्लादबहादुर केसीलाई अवैतनिक वाणिज्यदूत पदमा नियुक्त गर्ने निर्णय गरेको छ । परराष्ट्र मन्त्रालयको सिफारिशमा हिजो जेठ ३ गते बसेको मन्त्रिपरिषद्को बैठकले केसीलाई अवैतनिक वाणिज्यदूतमा नियुक्त गरेको हो ।

केसी लामो समयदेखि अमेरिकामा छन् । उनी समाजसेवामा पनि उत्तिकै सक्रिय छन् । यस्तै, सिंगापुरमा कार्यक्षेत्र रहनेगरि हेलेन क्याम्पोस, इजरायलको रेहबोट शहरमा कार्यक्षेत्र रहनेगरि नादब बेन यहुदालाई पनि अवैतनिक वाणिज्य दूत पदमा यिनुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय रहेको छ ।



प्रतिक्रिया दिनुहोस्