Logo

प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटर जाँदै देउवा



काठमाडौं, जेठ ५। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संसद्मा जारी अवरोध खुलाउन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग छलफल गर्दैछन् ।

प्रधानमन्त्री प्रचण्डले शुक्रबार बेलुका नै विपक्षी दलका नेताहरूसँग छलफल गर्ने तयारी गरेपनि अन्तिम समयमा स्थगित भएको थियो । छलफलका लागि प्रधानमन्त्री प्रचण्डले कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरू अहिले प्रधानमन्त्री निवास बालुवाटार बोलाएका छन् ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले नेताहरूको आन्तरिक व्यस्तताका कारण शुक्रबार बेलुका छलफल हुन नसकेको बताए । उनका अनुसार अहिले बिहान साढे ८ बजे प्रधानमन्त्रीसँग छलफलको समय तय भएको छ ।

कांग्रेसले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै संसद्मा अवरोध गर्दै आएको छ । कांग्रेसकै अवरोधका कारण बिहीबारको बैठक कार्यसूचीमा प्रवेश गर्न सकेन भने शुक्रबारका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको थियो ।



प्रतिक्रिया दिनुहोस्