Logo

आईसीसीले दियो सन्दीपलाई टी-२० विश्वकप खेल्न अनुमति



काठमाडौं, जेठ ५। क्रिकेटर सन्दीप लामिछानेलाई टी–२० विश्वकप खेल्ने नेपाली टोलीमा समावेश गर्न आईसीसीले अनुमति दिएको छ । विश्वकप खेल्ने टोलीमा सन्दीपलाई समेट्न नेपाल क्रिकेट संघ क्यानले गरेको प्रस्तावलाई आईसीसीले स्वीकृत गरेको हो ।

अब क्यानले सन्दीपलाई त्यसतर्फ पठाउने तयारी गरेको छ । फिटनेस टेस्टपश्चात् उनी केही दिनमा अमेरिका उड्नेछन् । नेपालले टी(२० विश्वकप खेल्ने आफ्नो १५ सदस्यीय टीम पहिल्यै घोषणा गरिसकेको थियो । तर, आउँदो २५ तारिखसम्म टिममा फेरबदल गर्न पाइन्छ । नेपालले अहिले घोषित टिमबाट एक जनालाई हटाउनुपर्ने हुन्छ ।

क्यानले टिम घोषणा गर्दा नै पछि सन्दीपलाई समावेश गर्न सकिने मनसायले अतिरिक्त बलर राखेको थियो । सन्दीपले प्रतिस्थापन गर्ने खेलाडीलाई अमेरिकाबाट भने नफर्काउने भएको छ । उनलाई क्यानकै खर्चमा रिजर्भ खेलाडीका रूपमा टोलीसँगै अमेरिकामै राखिने छ ।



प्रतिक्रिया दिनुहोस्