Logo

प्रचण्ड-देउवाबीच भेटवार्ताः संसदीय समिति बनाउनेबारे दुवै पक्ष सहमतिनजिक



काठमाडौं, ५ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । संसद्मा जारी अवरोध खुलाउन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेतासँग प्रधानमन्त्री प्रचण्डले छलफल गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा कांग्रेस सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का, कृष्ण सिटौला, गगन थापा, रमेश लेखकसहितका नेताहरु सहभागी थिए ।

छलफलपछि कांग्रेसका प्रमुख सचेतक लेखकले सहकारी ठगी प्रकरणमा कांग्रेसकै माग बमोजिम संसदीय समिति बनाउन प्रधानमन्त्री दाहाल सकारात्मक रहेको बताए । साथै, प्रधानमन्त्रीले संसद्को गतिरोध चाँडै अन्त्य होस् भन्ने पनि चाहना राखेको उनको भनाइ छ ।

कांग्रेसले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै संसद्मा अवरोध गर्दै आएको छ । कांग्रेसकै अवरोधका कारण बिहीबारको बैठक कार्यसूचीमा प्रवेश गर्न सकेन भने शुक्रबारका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot