Logo

देउवासँग पूनः छलफलमा बस्नुअघि ओली र लामिछानेसँग छलफल गर्दै प्रधानमन्त्री दाहाल



काठमाडौं, ५ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता गठबन्धनका मुख्य घटक एमाले र रास्वपाका नेतृत्वसँग छलफल गर्ने भएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित कांग्रेस नेताहरुसँगको छलफलपछि प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका सभापति एवम् गृहमन्त्री रवि लामिछानेसँग निर्णायक भेटवार्ता गर्न लागेका हुन् ।

कांग्रेस नेताहरुसँगको भेटमा प्रधानमन्त्री दाहालले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउने सहमति जनाएको कुरा बाहिर आएको छ । यही बीचमा सभामुख देवराज घिमिरेले पनि प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीसँग सामूहिक भेटवार्ता गर्ने तय भएको छ ।

सभामुखले कांग्रेस सभापति देउवासँगपनि भेट्ने तयारी गरेका छन् । तर, देउवासँगको भेटको समय भने तय नभएको बुझिएको छ । ओली र लामिछानेसँगको छलफलपछि प्रधानमन्त्री दाहालले कांग्रेस नेताहरुसँग छलफल गर्ने बुझिएको छ ।

कांग्रेसले सहकारी ठगी प्रकरणमा समग्र सहकारीको समस्या समाधान गर्नको लागि समिति बनाउन सहमति जनाएको छ । तर, सहकारीको नाम भने उल्लेख गर्नुपर्ने शर्त राखेको छ । यसअघि गृहमन्त्री रवि लामिछानेकै नाम किटान गरेर छानबिन समिति बनाउनुपर्ने अडानमा रहेको कांग्रेस अहिले भने ब्याक भएको छ । file photo



प्रतिक्रिया दिनुहोस्