Logo

जतिपटक लिनुपरेपनि विश्वासको मत पाउने भन्दै कार्यकर्तालाई टेन्सन नलिन प्रचण्डको आग्रह (भिडिओसहित)



काठमाडौं, ५ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ ७ गते आफूले विश्वासको मत प्राप्त गर्ने बताएका छन् । काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले परिस्थिति जस्तो देखिएपनि कहालीलाग्दो नभएको तर उतारचढाव भने रहेको टिप्पणी गरे । उनले भने,‘अहिलेको परिस्थिति कहालीलाग्दो छैन् । उतारचढाव पक्कै पनि छन् । यतिवेला सरकारको ध्यान यो वर्षको नीति तथा कार्यक्रमलाई पारित गर्नु र जेठ १५ गते बजेट पारित गर्नु हो । अन्तिम तयारीमा छौं । प्रधानमन्त्रीको हैसियतले नीति तथा कार्यक्रमलाई बजेटले बोकोस भनेर लगाएको छु । टिम खटाएको छु ।’

उनले विश्वासको मत लिने दिन नजिकिएको भन्दै जेठ ७ गते विश्वासको मत प्राप्त हुने दाबी गरे । उनले भने,‘जेठ ७ गते विश्वासको मत लिने भनेको छु । एकजना कांग्रेसका नेताले मैले विश्वासको मत १२/१५ पटक लिनुपर्नेछ भन्नुभएको थियो, अहिले म तेस्रो पटक लिँदैछु । यसो हेर्दा ५/६ पटक लिनुपर्ने देखियो, तर जतिपटक लिन परेपनि विश्वासको मत प्राप्त हुन्छ । धेरै टेन्सन लिनुपर्नेछैन् । विश्वासको मत लिँदा कहिले घट्छ, कहिले बढ्छ । सुरुमा लिँदा शतप्रतिशतजस्तो प्राप्त भएको थियो । विश्वासकोम त प्राप्त गर्ने कुरामा म द्धिविधामा छैन् । तपाईंहरु पनि द्धिविधामा नपर्नु ।’



प्रतिक्रिया दिनुहोस्