Logo

एमालेसँग एकताको लागि फेरि मेहनत गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा, वातावरण बन्दै गएको दाबी



काठमाडौं, ५ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले वामपन्थीहरुबीचको एकताको लागि वातावरण बन्दै गएको दाबी गरेका छन् । उनले मुलुकलाई समाजवादको यात्रामा अघि बढाउनको लागि कम्युनिष्टहरुबीच एकता अनिवार्य आवश्यकत्ता भएको बताए ।

नेपाल कम्युनिष्ट आन्दोलन र जनक्रान्तिका ऐतिहासिक दस्तावेजहरु–ग्रन्थ–२, जनयुद्धका चिठी र कालिकोट स्मारिका विमोचन कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘विगतमा आफूबाहेक सबै खराब छन् भन्ने प्रवृत्ति देखियो । कम्युनिष्ट आन्दोलनमा यो कुरा हाबी भयो । अब कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ । त्यसको प्रयोग एकचरण गरेर हेर्यौं । तर, सफल हुन सकेनौं । त्यसको कारण छन् । आन्तरिक र बाह्य दुवै कारण छन् । राम्रो कामको लागि पटक–पटक जमर्को र मेहनत गर्नैपर्छ । कम्युनिष्ट आन्दोलन र वामपन्थी आन्दोलनको लागि मेहनत गर्नुपर्छ । वातावरण बन्दैछ । सकारात्मक कुरा पनि हेर्न सक्नुपर्छ ।’

उनले नेपालमा कम्युनिष्ट आन्दोलन एकरुपता रहेको भन्दै अब समाजवादको आधार निर्माणमा सक्रिय हुनुपर्ने बताए । उनले थपे,‘हामी समाजवादको आधार निर्माण गर्ने प्रक्रियामा छौं । जनवादी क्रान्ति पूरा गर्नै कुरा थियो । समाजवादको आधार तयार पार्ने कुरामा सहमतिको स्थिति छ ।’ file photo



प्रतिक्रिया दिनुहोस्