Logo

सहकारी प्रकरण : छानबिन समितिको क्षेत्राधिकार तोक्न गठित कार्यदलको बैठक बस्दै



काठमाडौं, जेठ ६ । सहकारी ठगी प्रकरण छानबिनका लागि बन्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दैछ। सिंहदरबारस्थित कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय अहिले केही बेरमा बस्न लागेको बैठकले संसदीय समितिको टीओआर तयार पार्ने छ ।

कार्यदलमा संयोजक गिरीसहित कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले संसदीय दलका प्रमुख सचेतक महेशकुमार बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शिशिर खनाल सदस्य रहेका छन् । सत्तारुढ दल र प्रतिपक्षी दलबीच शनिबार भएको छलफलपछि संसदीय छानबिन समिति बनाउने सहमति जुटेको थियो।

समितिले आवश्यक परेमा प्रधानमन्त्री र शीर्ष नेतासँग परामर्श गरेर कार्यादेश टुङ्गोमा पुर्‍याउने सहमति भएपनि समिति कस्तो बन्ने, जिम्मेवारी के–के हुने जस्ता विषयमा सहमति भइसकेको छैन। दलहरूबीच मुख्य विवाद रहेको समितिको क्षेत्राधिकारको विषय चार सदस्यीय कार्यदलले टुङ्गो लगाउनेछ ।

नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री संलग्न रहेको भन्दै संसदीय छानबिन समितिको माग गर्दै संसद अवरुद्ध पार्दै आएको थियो । संसदीय छानबिन समिति बनाउने सहमती भएसँगै आजबाट संघीय संसद्का दुबै सदनको बैठक सुचारु हुने भएको छ ।



प्रतिक्रिया दिनुहोस्