Logo

सभामुखले बोलाए संसद् बैठकअघि सचेतकहरूको बैठक



काठमाडौं, जेठ ६। सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूको बैठक बोलाएका छन् । दलहरूबीच संसदीय छानबिन समिति गठनमा सैद्धान्तिक सहमति भएपछि आज ११ बजे बस्ने तय भएको प्रतिनिधिसभाको बैठकअघि सभामुखले सचेतकको बैठक बोलाएका हुन् । बैठक अहिले केहिबेरमा बस्दैछ ।

सहकारी ठगी प्रकरणमा छानबिन समिति गठन गर्नेबारे दलहरूबीच शनिबार भद्र सहमति भएको थियो । सहकारी ठगी प्रकरण छानबिनका लागि बन्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन अहिले कार्यदलको बैठक जारी रहेको छ ।

आजको प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरुको साझा प्रस्तुतिबारे छलफल गर्न विपक्षी दलहरुको समेत बैठक जारी छ ।



प्रतिक्रिया दिनुहोस्