Logo

कांग्रेसले गृहमन्त्री रवि लामिछानेलाई मात्रै टार्गेट गर्नु गलत हो : सिके राउत



काठमाडौं, ६ बैशाख । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले नेपाली कांग्रेसको पछिल्लो भूमिकाको आलोचना गरेका छन् । उनले संसद्मा कुरा उठाएपछि आरोपितलाई बोल्न दिनुपर्ने आवाज उठाए । आज (आइतबार) नेपाल ल क्याम्पसमा ‘लोकतन्त्रको सवलीकरण : विद्यार्थीसँग सांसद’ विषयक साक्षात्कारमा बोल्दै राउतले यस्तो बताएका हुन् ।

उनले जनताको सर्वोच्च थलो संसद्लाई रंगमञ्च बनाईएको भन्दै दुःख व्यक्त गरे । उनले संसद्मा कसैलाई पनि बोल्नको लागि निषेध गर्न नहुने धारणा राखे । सम्बोधको क्रममा उनले भने,‘मैले पनि पटक पटक भन्ने गरेको छु, यो संसद् रङ्गमञ्च मात्रै भयो है भनेर । संसदमा बोल्न दिनुपर्ने हो । दोष होला नहोला छुट्टै कुरा तर बोल्न निषेध कसैले पनि गर्नुहुँदैन जस्तो लाग्छ । छानबिन त अरू जोकोहीको पनि गर्न सकिन्छ । त्यही भएर एउटा मानिसलाई मात्र टारगेट गर्नुहुँदैन ।’



प्रतिक्रिया दिनुहोस्