Logo

२० मिनेटपछि फेरि कानून मन्त्रालयमा पुगे कांग्रेस नेताहरु



काठमाडौं, ६ जेठ । सहकारी ठगी प्रकरणको लागि संसदीय छानबिन समिति बनाउन तयार भएका सत्तापक्ष र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरु छानबिन समितिको क्षेत्राधिकार कस्तो बनाउने भन्नेबारे निश्कर्षमा पुग्न सकेका छन् ।

आज विहान ११ बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठक यही छानबिन समितिको क्षेत्राधिकारमा सहमति जुटाउनको लागि दुवै पक्षका नेताहरु आन्तरिक छलफलमा जुटेपछि दिउँसो २ बजेसम्मको लागि बैठक सारिएको थियो ।

तर, अहिले २ बजेको बैठकपनि निर्धारित समयमा सुरु नहुने देखिएको छ । खासगरी संसदीय छानबिन समितिको क्षेत्राधिकार टुंगो लगाउने जिम्मा पाएको कार्यदल बैठकमा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्ने वा नगर्ने भन्ने विषयमा सहमति हुन सकेको छैन् ।

कार्यदलका संयोजक कानूनमन्त्री पदम गिरीको मन्त्रालयस्थित् च्याम्बरमा नै छलफल चलेको छ। २० मिनेटको लागि भनेर निस्किएका कांग्रेस नेताहरु आफ्नो पार्टीका नेताहरुसँगको छलफलपछि पूनः निर्णायक छलफलमा जुटेका छन् ।

ज्ञानेन्द्र बहादुर कार्की, जिवन परियार र रमेश लेखकले पार्टीका महामन्त्री गगन थापालाई भेटेका हुन् । गगन भने संसद् भवनको लागि निस्किएका छन् । गगनले पनि अहिलेसम्मको छलफलमा ठोस सहमति नभएको निश्कर्ष सुनाएका छन् ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्