Logo

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने कुरै आउँदैनः माधव नेपाल



काठमाडौं, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने बताएका छन् । आज (आइतबार) पेशागत महासंघ नेपालको २९औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एकीकृत समाजवादीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने बताएका हुन् ।

‘भोलि नै प्रधानमन्त्रीले विश्वासको मत लिने कुरा पनि चलिरहेको छ । हामी सरकारमा सहभागी छौं । हामीले विश्वासको मत नदिने त प्रश्नै उठ्दैन । यहाँ कसैले शंका उपशंका नगरे हुन्छ । कुनै इफ बट छैन अहिले । सरकारलाई विश्वासको मत उपलब्ध हुनेछ,’– उनले भने ।

प्रधानमन्त्री प्रचण्डले भोलि (सोमबार) प्रतिनिधि सभाबाट विश्वासको मत लिँदैछन् । गत २०७९ पुसमा प्रधानमन्त्री नियुक्त भएपछि उनले चौथो पटक संसद्बाट विश्वासको मत लिन लागेका हुन् ।

नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानविन समितिको माग गर्दै निरन्तर संसद् अवरोध गर्दै आएको छ । सहकारी ठगी प्रकरणमा सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच सहमति हुन नसक्दा प्रधानमन्त्रीले विश्वासको मत लिन आह्वान गरिएको प्रतिनिधि सभा बैठक पनि प्रभावित हुनसक्ने खतरा बढेर गएको छ ।



प्रतिक्रिया दिनुहोस्