Logo

संसद् बैठक: सुरुमा रामहरिले बोलेपछि रविले बोल्ने र गगनले टुंग्याउने



काठमाडौं,६ जेठ । प्रतिनिधि सभाको बैठक बस्दैछ । अहिले केहीबेरमा बैठक सुरु हुनेछ ।

आजको बैठकमा सुरुमा प्रमुख प्रतिपक्षी दलको तर्फबाट नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले बोल्नेछन् । खतिवडाले बोलेपछि रास्वपाका सभापति रवि लामिछानले बोल्ने र अन्तिममा गगन थापाले बोलेपछि विरोध जनाउने कांग्रेस नेता खतिवडाले जानकारी दिए ।

खतिवडाका अनुसार आज बसेको विपक्षी दलको बैठकले आफूविरु४ उठेका प्रश्नहरुको जवाफ दिन लामिछानेलाई संसद्मा बोल्न दिने निर्णय गरेको थियो । सोही निर्णयअनुसार लामिछानेले आज संसद्मा सम्बोधन गर्न लागेका हुन् । खतिवडाका अनुसार रविले आफ्नो कुरा राखेपछि कांग्रेसले संसद अवरोधलाई जारी राख्नेछ ।

सहकारी ठगीबारे छानबिन गर्न गठन गर्ने समितिको कार्यादेशबारे टुंगो लगाउने ४ जना रहेको कार्यदल गठन गरिएको छ । सो कार्यदलको बैठक बिहानदेखि जारी छ ।

बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची छ ।

त्यस्तै, सभामुखले प्रतिनिधि सभा नियमावली २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न माननी सदस्यहरूको मनोनयन गर्नेछन् । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलसम्बन्धी विधेयक २०८० लाई फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

सहकारीको बचत अपचलन प्रकरणमा गृहमन्त्री लामिछाने संलग्न रहेको भन्दै कांग्रसले संसदीय छानबिन समिति बनाउनुपर्ने भन्दै संसद् अवरुद्ध गर्दै आएको थियो । शनिबार बसेको शीर्ष नेताहरूको बैठकले समिति बनाउने निर्णय गरेको छ ।



प्रतिक्रिया दिनुहोस्