Logo

रवि लामिछानेले दुई दिनअघि डेमोक्रेटिक एलायन्स बनाउन भन्दै कांग्रेस नेताहरुको घरघरमा आफ्नो नेता पठाएको गगनको दाबी



काठमाडौं, ६ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले रास्वपाका सभापति एवम गृहमन्त्री रवि लामिछानेले डेमोक्रेटिक एलायन्स बनाउनको लागि दुई दिनअघि आफ्नो नेतालाई कांग्रेस नेताहरुको घरघरमा पठाएको खुलासा गरेका छन् ।

रविले कांग्रेसले आफूलाई प्रधानमन्त्रीको अफर गरेको भनेर संसद्मा बोलेपछि जवाफ दिनको लागि आयोजित पत्रकार सम्मेलनमार्फत थापाले यस्तो खुलासा गरेका हुन् । उनले भने,‘उहाँले पटक–पटक प्रधानमन्त्री अफरको कुरा निकाल्नुभयो । उहाँलाई प्रधानमन्त्री अफर गरिएको कुरा हावादारी कुरा हो भनेर हामीले पटक पटक भनिसकेका छौं ।’

उनले रविले कांग्रेस नेताहरुकहाँ दूत पठाएको विषयमा थप प्रष्ट्याए–‘तर, उहाँलाई यति कुरा चाहीँ स्मरण गराऔं, दुई दिनअघि नेपाली कांग्रेसका पूर्व सदस्यलाई हाम्रा पार्टीको नेताहरुको घरघरमा डेमोक्रेटिक एलायन्स बनाउन म तयार छु । त्यसैले यो टिओआरमा थोरै लचकता अपनाईदिनुहोस भनेको कुरा छ ।’

Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्