Logo

गृहमन्त्री लामिछानेमाथि संसदीय समिति नबनेसम्म संसद्को काम कारबाही अगाडि बढ्दैनः गगन थापा



काठमाडौं, ६ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्न संसदीय समिति नबनेसम्म संसद्को काम कारबाही अगाडि नबढ्ने बताएका छन् । आज (आइतबार) आकस्मिक पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् ।

‘हामीलाई संसद्लाई अप्ठ्यारोमा पार्नुपनि छैन । हामी संसद् ठीक ढंगले चलोस् भन्ने चाहन्छौं । संसद् ठीक ढंगले चल्नका निति हामी चाहन्छौं, भोलि ११ बजे संसद्को बैठक छ, त्यो भन्दा पहिला संसदीय छानविन समिति जुन उद्देश्यका लागि माग गरिएको हो त्यो उद्देश्यका लागि संसदीय समिति बन्नेगरी सरकार, प्रधानमन्त्री, उपप्रधानमन्त्री तयार भएर आउनुहुन्छ भन्ने विश्वास पनि राख्छौं । त्यसको आधारमा हो भने भोलि संसद्को काम कारबाही अगाडि बढ्छ । होईन भने संसद्को काम कारबाही अगाडि बढ्दैन,’– उनले भने ।

साथै, उनले उपप्रधान एवं गृहमन्त्री लामिछानेलाई सहकारी ठगी प्रकरणमा दोषी देखिए राजनीति छाडेर उन्मुक्ति नपाइने बताए । दोषी देखिएको खण्डमा राजनीति छाड्ने भन्दा पनि सजाय भोग्नुपर्ने उनको चेतावनी छ ।



प्रतिक्रिया दिनुहोस्