Logo

काठमाडौं उपत्यकामा बिहानैदेखि हावाहुरीसहित वर्षा



काठमाडौं, जेठ ७ । काठमाडौं उपत्यकामा हावाहुरीसहित वर्षा सुरु भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावका कारण अहिले उपत्यकासहित कोशी ,मधेश र लुम्बिनी प्रदेशका केही स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बाग्मती, गण्डकी र कर्णालि प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहने छ। देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक-दुई स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै, आज राती कोशी, मधेश र बाग्मति प्रदेशको एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्