Logo

शहरी विकासमन्त्री बुढा भन्छन् : म आफ्नो जिम्मेवारी पूरा गर्न कहिल्यैपनि विचलित हुन्नँ (विज्ञप्तीसहित)



काठमाडौं, ७ जेठ । शहरी विकासमन्त्री धन बहादुर बुढाले आफूले मन्त्रीबाट राजीनामा दिन लागेको भनेर आएको समाचारप्रति ध्यानाकार्षण भएको जनाएका छन् । मन्त्री बुढाको स्वकीय सचिवालयमार्फत आज (सोमबार) एक विज्ञप्ती जारी गर्दै उक्त समाचारमा कुनै सत्यता नभएको भन्दै खण्डन आएको छ ।

जारी विज्ञप्तीमा भनिएको छ-“म नेकपा (एकीकृत समाजवादी) पार्टीको एक बफादार तथा इमान्दार सिपाहीँ हुँ र यस पार्टीको निर्णय र निर्देशन इमानदारिताका साथ पूरा गर्न दृढ छु । मलाई पार्टीले पूर्ण रुपमा विश्वास गरी मन्त्री पदको जिम्मेवारीमा पठाएको र म यो देशको जिम्मेवारी नागरिकको साथै यस पार्टीको जिम्मेवार नेता र कर्णालीको एउटा विकट जिल्ला डोल्पाबाट प्रतिनिधित्व गर्ने संघीय सांसद भएको नाताले मैले आफ्नो जिम्मेवारी पूर्णरुपमा पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।”

राजीनामा दिन लागेको भनेर आएको समाचार भ्रमपूर्ण कुरा भएको भन्दै त्यसमा विश्वास नगर्न आम जनतासामू उनको अपिल छ । उनले आफूलाई पार्टीका नेता तथा कार्यकर्ता कसैले पनि आर्थिक रुपमा दबाब नदिएको समेत स्पष्ट पारेका छन् ।

यस्तो छ मन्त्री बुढाका प्रमुख स्वकीय सचिव कमल बहादुर रोकायले जारी गरेको विज्ञप्ती :



प्रतिक्रिया दिनुहोस्