Logo

म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि



काठमाडौं, जेठ ७ । इंग्लिश प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । गएराति सम्पन्न प्रिमियर लिगको फाइनल खेलमा वेस्ट ह्यामलाई ३–१ ले हराएर सिटीले उपाधि जितेको हो । यो सँगै लगातार चार पटक लिग उपाधि जितेर सिटीले इतिहास रचेको छ ।

सिटीको जितमा खेलको दोस्रो मिनेट मै गोल गरेर खाता खोलेका फिल फोडेनले खेलको १८ मिनेटमा अर्को गोल गरेका थिए । त्यस्तै, खेलको ५९ औं मिनेटमा रोड्रिले तेस्रो गोल गरेका थिए। वेस्ट ह्यामका लागि भने मोहम्मद कुडुसले खेलको ४२ औं मिनेटमा एक गोल गरे ।



प्रतिक्रिया दिनुहोस्