Logo

सुनको मूल्य एक लाख ४२ हजार नजीक!



काठमाडौं, जेठ ७ । आज सुनचाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आइतबार प्रतितोला १ लाख ४० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ९ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि ९ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४१ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्