Logo

गृहमन्त्री लामिछानेलाई कांग्रेसको चूनौतिः जे–जे आरोप लगाउनु भएको छ, प्रमाणित गरेर देखाउनुस्



काठमाडौं, ७ जेठ । नेपाली कांग्रेसले आफूहरुमाथि लगाइएको आरोप प्रमाणित गरेर देखाउन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई चु्नौति दिएका छन् । हिजो (आइतबार) संसद् बैठकलाई सम्बोधन गर्दै उपप्रधान एवं गृहमन्त्री लामिछानेले कांग्रेस र कांग्रेसका नेताहरुमाथि विभिन्न आरोप लगाएका थिए ।

गृहमन्त्री लामिछानेले कांग्रेस महामन्त्री गगनकुमार थापालक्षित गर्दै सरकारी अनुदान हिनामिना गरेको र नेपालको गोप्य सूचना विदेशीलाई बेचेको आरोप लगाएका थिए । गृहमन्त्री लामिछानेले कांग्रेस नेताले घडी चोरेकोदेखि लिएर रातो पासपोर्ट दुरुपयोग गरेकोसम्म कुरा कोट्याएका थिए ।

आज (सोमबार) बसेको कांग्रेस संसदीय दलको बैठकले आरोप पुष्टि गरेर देखाउन चूनौति दिएको हो । कांग्रेस नेताहरुमाथि लागेको आरोपमा निश्पक्ष र स्वतन्त्र छानविनको लागि आफूहरु तयार रहेको प्रमुख सचेतक रमेश लेखकले बताए । ‘हिजो गृहमन्त्रीले नेपाली कांग्रेसलाई लक्षित गरेर जे–जे कुराहरु उठाउनुभएको छ, आरोपहरु लगाउनुभएको छ । यसमा निश्पक्ष, स्वतन्त्र छानविन गरेर प्रमाणित गर्नका लागि नेपाली कांग्रेस खुला छ,’– नेता लेखकले भने । Photo By: Mukunda Kalikote/Reporters Nepal



प्रतिक्रिया दिनुहोस्

Screenshot