Logo

कान्तिपुरको आजको समाचारबारे गृहमन्त्री लामिछानेको प्रतिक्रिया : फेरि भ्रम छापेछ



काठमाडौं, ७ जेठ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले कान्तिपुर दैनिकले आज ‘२३ करोड ऋणमा लामिछानेको हस्ताक्षरसहित लेखापरीक्षण प्रतिवेदन’ शीर्षकमा प्रकाशित गरेको समाचारलाई भ्रमको संज्ञा दिएका छन् । लामिछानेले आफू मिडिया मिलाउन नसक्ने भन्दै भ्रमको विरुद्ध सत्यको लडाईं आँफै लड्ने उद्घोष गरेका छन् ।

उनले फेशबुकमार्फत कान्तिपुरले लुकाएको डकुमेन्ट भन्दै केही डकुमेन्ट पनि सार्वजनिक गरेका छन् । साथमा उनले त्यसपछिको वर्षको अडिट रिपोर्टपनि सार्वजनिक गरेका छन् । लामिछानेले फेशबुकमा लेखेका छन्–

फेरि भ्रम छापेछ कान्तिपुरले। म मिडिया मिलाउन सक्दिनँ, त्यसैले भ्रमको विरुद्ध सत्यको लडाइँ आफै लड्नु पर्छ। Short Term Loan को मतलब सहकारीको पैसा हो ?? कान्तिपुरले लुकाएको यो डकुमेन्ट हेर्नु होला। र, त्यसपछिको वर्षको अडिट रिपोर्ट पनि हेर्नु होला। उक्त सर्ट टर्म लोनको स्रोत जीबी राई हुन् भनेर प्रष्ट लेखेको छ। त्यस पछिको वर्षको अडिट रिपोर्टमा Director Loan भनेर झन् प्रष्ट लेखिएकै छ । यही कागज बोकेर कांग्रेस समिति-समिति भन्दैछ भन्ने मलाई थाहा थियो। जस्तो समिति बनाएपनि मेरो आपत्ति छैन भनेर हिजै भनिसकें । म तयार छु। सदनलाई बन्धक नबनाउनुस्, सुचारु गर्नुस्। मिडिया मिडिया धाउनै पर्दैन। यस्तै यस्तै प्रमाण बोकेर उफ्रनु भएको हो भने भयो, अब पुग्यो, बस्नुस्। म मिडिया मिलाउन सक्दिन।



प्रतिक्रिया दिनुहोस्