Logo

कांग्रेसलाई चर्को मूल्य पर्ने प्रधानमन्त्री प्रचण्डको चेतावनी (भिडिओसहित)



काठमाडौं, ७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेसले विश्वासको मत लिने क्रममा अवरोध गरेको भन्दै दुःख व्यक्त गरेका छन् । उनले आफूलाई संविधानअनुसार संसद्मा विश्वासको मत लिन अवरोध गरेको भन्दै नेपाली कांग्रेसले यसको मूल्य चर्को पर्ने पनि चेतावनी दिए ।

संसद्मा विश्वासको मत माग्दा उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले कांग्रेसलाई यस्तो खुला चूनौति दिएका हुन् । उनले भने,‘अवरोधमा रहेका माननीय सदस्यहरुलाई, खासगरी नेपाली कांग्रेसका सबै माननीय सदस्यहरुलाई भन्न चाहन्छु–आज तपाईहरुले बहुत गलत गर्नुभएको छ । तपाईंहरुले नेपालको इतिहासमा जुन प्रधानमन्त्रीले तपाईंहरुलाई पटक–पटक साथ दियो, यो पटकपनि जुन प्रधानमन्त्रीले तपाईंहरुलाई सम्वाद र सहमतिको लागि बाटोमा ल्याउन मेहनत गरेको छ, त्यसलाई संविधानअनुसार विश्वासको मत लिन नदिएर तपाईंहरुले इतिहासमा एउटा नराम्रो उदाहरण प्रस्तुत गर्नुभयो । आजको यो गतिविधिको चर्को मुल्य पर्नेछ । नेपालको इतिहासमा राम्रैसँग कलंकको रुपमा स्थापित हुनेछ ।’

Photo By: Mukunda Kalikote/ReportersNepal

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्