Logo

प्याब्सन बुटवलद्धारा गौ सेवा सञ्चालनको लागि एक लाख सहयोग हस्तान्तरण



बुटवल । प्याब्सन बुटवलद्धारा शिवनगरको गौशालामा रहेको गौ सेवा सञ्चालनको लागि एक लाख रकम हस्तान्तरण गरिएको छ । उक्त रकम बुटवल उपमहानगर‌पालिका प्रमुख खेलराज पाण्डेलाई हस्तान्तरण गरिएको हो ।

उपमहानगर‌पालिकामा रहेका चौपायाहरुको सरंक्षणका लागि महानगर‌को मात्र दायित्व नभएर सस्थांहरुको पनि उत्तिकै भुमिका रहेको बताउदैँ प्रमुख पाण्डेले आफनो दक्षता अनुसार चौपायाको सेवामा लाग्न सबैलाई आग्रह गरे । साथै उनले प्याब्सन बुटवललाई धन्यवाद समेत दिएका थिए ।

त्यस्तै, कार्यक्रममा बोल्दै प्याब्सन बुटवलका अध्यक्ष मित्रहरि आचार्यले सामाजिक उत्तरदायित्व वहन गर्ने उदेश्यले सस्थाले उक्त रकम हस्तान्तरण गरेको उल्लेख गरे । अध्यक्ष आचार्यले शिक्षाको गुणस्तरका साथै सामाजिक सेवामा उपमहानगर‌पालिकासँग सहकार्य गरी अगाडि बढन प्याब्सन तयार रहेको बताए ।

कार्यक्रममा प्याब्सन लुम्बिनी प्रदेश अध्यक्ष लालहरी पाण्डे, प्याब्सन नेपालका केन्द्रीय सदस्य टिकाराम न्यौपाने, लोकनाथ उपाध्याय, कुलराज शर्मा, कुलानन्द पाण्डे ,तोयराम पौडेल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम प्याब्सन बुटवलका सचिव रामकृष्ण खनालले सञ्चालन गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्