Logo

प्रचण्ड बालकोट र बुढानिलकण्ठ कुदेको भन्दै चित्रबहादुरको चित्त दुःखाई (भिडिओसहित)



काठमाडौं, ७ जेठ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल अस्थिर नेताको रुपमा चिनिन थालेको टिप्पणी गरेका छन् । यो १७ महिनामा कहिले बालकोट र कहिले बुढानिलकण्ठ धाएर दुनियाँ हसाएको उनको टिप्पणी छ । संसद् भवन परिसरमा पत्रकारहरुसँगको संक्षिप्त कुराकानीमा उनले यस्तो भनेका छन् ।

उनले भने,‘यस्तो किन गर्नुपर्यो ? किन पटक पटक उता बालकोट अनि बुढानिलकण्ठ किन कुद्नुपर्यो ? यो गलत प्रवृत्ति हो ।’ संसद्मा सत्ता पक्षको गलत व्यवहार देखिएको उनको आरोप छ । उनले भने,‘संसद्भित्र विपक्षीहरु त्यत्रो वेल घेरेर बसेका छन् । अब सभामुखको गतिविधि पनि देखियो नि ।’

उनले सभामुख देवराज घिमिरेको व्यवहार पनि सन्तुलित र सन्तोषजनक नभएको आरोप लगाए । प्रधानमन्त्री दाहालले १७ महिनामा चार पटक विश्वासको मत लिनु संसारको लागि पनि बद्नाम भएको टिप्पणी गरे । नेपाली जनताको सामू पनि यो बद्नाम भएको उनको भनाई छ । उनले अहिले लोकतन्त्र र गणतन्त्रमाथि पनि संकट थपिएको कुरा आजको घट्नाबाट देखिएको दाबी गरे । उनले अहिलेको परिदृश्यले संसदीय व्यवस्थामाथि नै खतरा देखिएको टिप्पणी गरे ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्