Logo

देवराज घिमिरे सभामुखभन्दा पनि दलको कार्यकर्ताको रुपमा प्रस्तुत हुनुभयोः ज्ञानेन्द्र शाही



काठमाडौं, ७ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रतिनिधि सभाको बैठकमा सभामुख नदेखिएको टिप्पणी गरेका छन् । आज (सोमबार) संसद् भवन बाहिर सञ्चारकर्मीहरुसँग संवाद गर्दै उनले देवराज घिमिरे सभामुखको भूमिकामा भन्दा पनि दलको कार्यकर्ताको भूमिकामा देखिएको बताएका हुन् । ‘हामीले आज सभामुख देखेनौं । कुर्सीमा बसेको मान्छे पार्टीको कार्यकर्ता देख्यौं,’– उनले भने ।

प्रमुख प्रतिपक्षी दलसहित अन्य दलले विरोध गर्दागर्दै प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यक्र अगाडि बढाउनुले देवराज घिमिरे दलको कार्यकर्ता हुन् कि सभामुख ? भन्नेमा प्रश्न उठेको उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्