Logo

कर्मचारीले नै चोरे पशुपतिनाथको भेटी, कोषाध्यक्षले चोर्न लगाएको बयान (भिडिओसहित)



काठमाडौं, ७ वैशाख । पशुपति क्षेत्र विकास कोषका कर्मचारी अनिल परियार मन्दिरको भेटी चोर्दाचोर्दै रङ्गेहात पक्राउ परेका छन् । आज (सोमबार) उनी पक्राउ परेका हुन् । सो क्रममा उनले आफूलाई कोषाध्यक्षले चोर्न लगाएको बयान दिएका छन् । उनले कोषाध्यक्ष नारायणप्रसाद सुवेदी, नवराज ढोडारी र नवराज घिमिरेलगायतको नाम लिएका छन् ।

सुवेदी कोषाध्यक्ष रहेपनि ढोडारी र घिमिरे को हुन् भन्ने खुलेको छैन । आफूले विगत तीन/चार महिनादेखि मन्दिरको भेटी चोरी गर्दै आएको उनले बताए । सो क्रममा उनले उक्त भेटी आफूलाई चोर्न पठाएको समूहलाई दिने गरेको बताएका छन् । आफूलाई दिनको एक हजार पाँच सय दिने गरेको र दिनमा लगभग १५ हजार जति भेटी चोर्दै आएको उनले पक्राउको क्रममा बताएका छन् । उनलाई अहिले गौशला प्रहरीले नियन्त्रणमा लिएको छ । उनी पशुपतिमा बाजा बजाउने कर्मचारी रहेको खुलेको छ ।



प्रतिक्रिया दिनुहोस्