Logo

पूर्वराजा ज्ञानेन्द्रलाई ललितपुरमा भव्य स्वागत (फोटोफिचर)



काठमाडौं, ७ जेठ । पूर्वराजा ज्ञानेन्द्र शाहले ललितपुरको धार्मिक तथा सांस्कृतिक स्थलहरुको भ्रमण गरेका छन् । आज (सोमबार) दिउँसो ललितपुरको धार्मिक तथा सांस्कृतिक स्थलहरुको अवलोकनमा निस्किएका पूर्वराजा शाहले हिरन्यवर्ण महाविहार, बंगलामुखी, कुम्भेश्वर, भीमसेन र कृष्ण मन्दिरलगायतको धार्मिक स्थलको दर्शन गरेका थिए । साथै, उनले पाटन दरबार क्षेत्रको अवलोकनसमेत गरेका थिए ।

पूर्वराजा शाहको उक्त भ्रमणमा उल्लेख्य समर्थकहरुको उपस्थिति रहेको थियो । सो क्रममा उनले समर्थकहरुसँग संवादसमेत गरेका थिए । उनलाई समर्थकहरुले भव्य स्वागत गरेका थिए । Photo By: Mukunda Kalikote/Reporters Nepal



प्रतिक्रिया दिनुहोस्