Logo

संसदीय छानबिन समितिको क्षेत्राधिकार टुंगो लगाउन कार्यदलको बैठक बस्दै



काठमाडौं, जेठ ८ । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको क्षेत्राधिकारको टुंगो लगाउन आज पनि कार्यदलको बैठक बस्दैछ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा अहिले बिहान ९ बजे बस्ने बैठकबाट संसदीय छानबिन समितिको क्षेत्राधिकार टुंगो लगाउनेबारे छलफल हुँदैछ । कार्यदलको बैठकबाट अहिले बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्नुअघि सहमति जुटाउने प्रयास गरिदैछ ।

कार्यदलमा संयोजक गिरीसहित कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले संसदीय दलका प्रमुख सचेतक महेशकुमार बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शिशिर खनाल सदस्य रहेका छन् । सत्तारुढ दल र प्रतिपक्षी दलबीच शनिबार दिउँसो भएको पटक पटकको छलफलपछि संसदीय छानबिन समिति बनाउने सहमति जुटेको थियो । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री संलग्न रहेको भन्दै संसदीय छानबिन समितिको माग गर्दै संसद अवरुद्ध पार्दै आएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot