Logo

छानबिन समितिमा आफ्नो नाम किटान गर्दा आपत्ति नहुने गृहमन्त्री लामिछानेको भनाई, कानून मन्त्रालयमा कार्यदलको बैठक सुरु



काठमाडौं, ८ जेठ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाउँदा आफ्नो नाम किटान गर्दा आपत्ति नहुने धारणा अघि सारेका छन् । यसअघि आफ्नो नाम किटान गरिए समितिमा नै नबस्ने अडान लिएको रास्वपाले यसपटक भने आफ्नो नाम राख्दा कुनै आपत्ति नहुने सन्देश कांग्रेस नेताहरुसमक्ष पठाएको छ ।

प्रतिनिधिसभामा सम्बोधन गरेका लामिछानेले आफूमाथि राष्ट्रियमात्रै नभएर अन्तर्राष्ट्रिय छानबिन समिति बनेपनि आपत्ति नहुने धारणा राखेका थिए । उनले सहकारी ठगी प्रकरणमा आफ्नो संलग्नता नभएको र आफू ठग नभएको स्पष्टीकरण दिइसकेका छन् ।

कार्यदलमा रहेका एमाले नेताहरुले भने व्यक्तिकेन्द्रित छानबिन समिति बनाउँदा भोलिको लागि नराम्रो नजिर बस्ने भन्दै समग्र सहकारी समस्याको समाधानको लागि छानबिन समिति बनाउन सकिने अडान लिँदै आएका छन् । तर, छानबिनको निशानामा रहेका गृहमन्त्री लामिछानेले नै आफ्नो नाम उल्लेख गरेर नै समिति बनाईएपनि आफ्नो आपत्ति नहुने सन्देश प्रवाह गरेपछि सदनको अवरोध हट्ने बुझिएको छ ।

फाइल तस्विर



प्रतिक्रिया दिनुहोस्