Logo

सत्तापक्ष पेलेरै अघि बढेपछि कांग्रेस झनै आक्रोशित, तस्बिरमा जे देखियो



काठमाडौं,८ जेठ । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

कांग्रेसको नाराबाजीबीच राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव र राजनीतिक दलसम्बन्धी संशोधन विधेयक फिर्ता लिने प्रस्ताव पारित गरेपछि बैठक स्थगित गरिएको हो।

सभामुख देवराज घिमिरेले अब अर्को बैठक जेठ ११ गते बिहान ११ बजे बस्ने बताए।

प्रतिनिधि सभाको बैठकमा मर्यादापालकको धकेलाधकेलबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गर्न समय दिइएको थियो । त्यसपछि कांग्रेस सांसदहरुले अवरोध गर्न खोजेका थिए ।

कडा सुरक्षाका बीचमा कांग्रेस सांसदहरुलाई मर्यादापालकले धकेलाधकेल गराउँदै प्रधानमन्त्री दाहाललाई रोष्ट्रममा पुर्‍याएका थिए । प्रधानमन्त्रीले टेबुल गरेको प्रस्ताव सर्वसम्मतले पारित भएको सभामुखले घोषणा गरेका थिए ।

तस्बिर: मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्