Logo

सरकार अध्यादेश ल्याएर अरू पार्टी फुटाउन लागिपर्यो : रामहरि खतिवडा



काठमाडौं, ८ जेठ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सरकार अध्यादेश ल्याएर अरु पार्टी फुटाउन लागिपरेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठक सकिएपछि संसद् भवनबाट बाहिरिने क्रममा मिडियासँगको संक्षिप्त कुराकानीमा सांसद खतिवडाले यस्तो आरोप लगाएका हुन् ।

उनले भने,‘यो सरकार अध्यादेश ल्याएर पार्टी फुटाउन लागेको छ । यो घोर आपत्ति हो । सभामुखको भूमिका चिन्ताजनक छ ।’ कांग्रेसको अवरोधको बावजुद प्रतिनिधिसभाको आजको बैठक चलेको थियो ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ १ गते नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएको सभामुख घिमिरेले बताए।



प्रतिक्रिया दिनुहोस्