Logo

रुकुम पश्चिममा दश हजार बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदै



त्रिवेणी (रुकुम पश्चिम), ८ जेठ । रुकुम पश्चिममा करिब १० हजार बालबालिकालाई पोलियो रोगविरुद्धको आइपिभि खोप लगाउने गरी अभियान सञ्चालन हुँदैछ । यही जेठ १३ गतेदेखि २६ गतेसम्म जिल्लाभरमा खोप अभियान सञ्चालन हुने स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी कालिबहादुर ओलीले जिल्लाभरका करिब १० हजार बालबालिकालाई खोप लगाउने लक्ष्यसहित दुई चरणमा खोप अभियान सञ्चालन हुने जानकारी दिए । पहिलो चरणमा यही जेठ १३ गते देखि १८ गतेसम्म चौरजहारी नगरपालिका र त्रिवेणी, बाँफीकोट र सानीभेरी गाउँपालिका तथा मुसीको र आठबीसकोट नगरपालिकासहित पाँच पालिकामा जेठ २० गते देखि २६ गतेसम्म एकैसाथ खोप अभियान सञ्चालन हुने उनले बताए ।

विसं २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकालाई खोप लगाउन दुई सय ९३ खोप केन्द्र तोकिएका छन् । अभियानमा दुई सय ७८ खोप कार्यकर्ता र चार सय महिला स्वास्थ्य स्वयम्सेविका परिचालन गरिने छन् । रासस



प्रतिक्रिया दिनुहोस्