Logo

गृहमन्त्री लामिछानेले म माथि राजनीतिक ब्ल्याकमेलिङ गर्नुभयो : कैलाश सिरोहिया (भिडिओसहित)



काठमाडौं, ८ जेठ । कान्तिपुर मिडियाका मालिक कैलाश सिरोहियाले आफूविरुद्ध गृहमन्त्री रवि लामिछानेले राजनीतिक ब्ल्याकमेलिङ गरेको आरोप लगाएका छन् । अदालतबाट किर्ते नागरिकतामा पक्राउ पुर्जी जारी भएको र कान्तिपुर मुख्यालयमा सादा पोशाकका प्रहरी तैनाथ भएपछि भिडिओ सन्देशमार्फत सिरोहियाले यस्तो आरोप लगाएका हुन् ।

उनले आफूले दुई वटा नागरिकता नलिएको स्पष्टीकरण दिएका छन् । उनले भने,‘गृहमन्त्रीले ममाथि प्रतिशोध साँध्न खोज्नुभएको छ । म यो टिभीबाट के भन्न चाहन्छु भने मलाई लगियोस, थुनियोस वा जेसुकै गरियोस, कान्तिपुर मिडिया ग्रुप आफ्नो कर्तव्यबाट अलिकतिपनि तलमाथि हुँदैन् । अझै सशक्त ढंगले अघि जान्छ । कान्तिपुर मिडियामाथि विगतमा पनि पटक पटक प्रहार भएकै थियो । तर, हामी कहिल्यैपनि विचलित भएका थिएनौं । हुने छैन् ।’



प्रतिक्रिया दिनुहोस्