Logo

राष्ट्रपति पौडेल र बिम्स्टेक का महासचिव पाण्डेबीच शिष्टाचार भेट



काठमाडौँ, ८ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलसँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) का महासचिव इन्द्रमणि पाण्डेले आज अपराह्न राष्ट्रपति भवनमा शिष्टाचार भेट गरेका छन् ।

त्यस अवसरमा राष्ट्रपति पौडेलले समृद्धि, दिगो विकास र क्षेत्रीय स्थायित्वको साझा आकाङ्क्षाका रुपमा बिम्स्टेक रहेको बताए । उनले बिम्स्टेक क्षेत्रमा हिमाली भेगदेखि समुद्री तटसम्मका मुलुक रहेका बताउँदै आपसी सहयोगका साथै अन्य सहकार्यका विषयसँगै जलवायु परिवर्तनका असर कम गर्न साझेदारी आवश्यक भएको बताए ।

राष्ट्रपति पौडेलले जलवायु परिवर्तनका असर कम गर्न हिमाललगायत पर्यावरण संरक्षणलाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । रासस/file photo



प्रतिक्रिया दिनुहोस्