Logo

कैलाश सिरोहिया पक्राउ परेपछि कान्तिपुर मुख्यालयमा ‘गृहमन्त्री मुर्दावाद, प्रहरी दमन मुर्दावाद’ को नारा लाग्यो (भिडिओसहित)



काठमाडौं, ८ जेठ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया कार्यालयबाटै पक्राउ परेका छन् । धनुषा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि काठमाडौं उपत्यका अपराध महाशाखाको टोलीले सिरोहियालाई केहीबेरअघि पक्राउ गरेको छ ।

सिरोहियाले आफूलाई कार्यालयबाटै पक्राउ गरिएको भन्दै अन्तिमसम्म लड्न तयार रहेको प्रतिक्रिया दिए । उनले गृहमन्त्री रवि लामिछानेको दुई वटा पासपोर्ट रहेको भन्दै छानबिन गरी पक्राउ गर्नपनि माग गरेका छन् ।

सो क्रममा गृहमन्त्री लामिछानेविरुद्ध नाराबाजीसमेत भएको थियो । सिरोहियाका समर्थकहरुले ‘गृहमन्त्री रवि लामिछाने मुर्दावाद, प्रहरी दमन मुर्दावाद’ को नारा लगाएका थिए । प्रहरीले पक्राउ परेका सिरोहियालाई आजै धनुषा लैजाने भएको छ ।

Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्