Logo

कैलाश सिरोहिया पक्राउ परेपछि माधव नेपालको पार्टी बोल्यो : मिडियालाई दबाबमा राख्ने कुरा निन्दनीय



काठमाडौं, ८ जेठ । कान्तिपुर मिडियाका मालिक कैलाश सिरोहिया पक्राउ परेपछि पत्रकार महासंघका अध्यक्षदेखि कानून व्यवसायी र वरिष्ठ पत्रकारहरुले निन्दा गरेका छन् । यस्तै, नेकपा (एकीकृत समाजवादी) ले पनि सिरोहिया पक्राउको निन्दा गरेको छ । पार्टीका महासचिव घनश्याम भुसाललले मिडियालाई दबावमा राख्ने कुनै पनि प्रयास निन्दनीय रहेको बताएका छन् ।

भुसालले जारी गरेको विज्ञप्तीमा भनिएको छ–‘प्रतिष्ठित सञ्चार गृह कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ गरिएको घट्नाले प्रेस र राज्यकाबीच द्धन्द्ध सिर्जना गर्न खोजिएको देखिन्छ । मिडियालाई दबाबमा राख्ने कुनैपनि प्रयास निन्दनीय छ । यो कार्य कान्तिपुरको निडर पत्रकारिताविरुद्ध गरिएको षड्यन्त्र होइन भन्ने कुरा तुरुन्त प्रष्ट गर्नुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्