Logo

आज कहाँ-कहाँ वर्षा?



काठमाडौं, जेठ ९ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। उक्त प्रभावका कारण अहिले देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली कोशी ,मधेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही कोशी प्रदेश लगायत देशको पहाडी भू(भागमा चट्याङ्ग र हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ।

त्यस्तै आज राती कोशी र मधेस प्रदेश सहित देशको पहाडी भू-भागमा आंशिक बदली रहि कोशी, मधेश, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भुभागमा चट्याङ्ग र हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्