Logo

दुई संसदीय समितिको बैठक बस्दै



काठमाडौं, जेठ ९ । आज संघीय संसदअन्तर्गत दुई समितिको बैठक बस्दै छ। आज अर्थ समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो।

दिउँसो २ बजे बस्ने अर्थ समितिको बैठकमा मस्यौदा प्रतिवेदन सम्बन्धमा छलफल हुनेछ। त्यस्तै, दिउँसो साढे १२ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको आन्तरिक काम कारबाहीलगायत विषयमा छलफल हुने कार्यसूची रहेको छ ।



प्रतिक्रिया दिनुहोस्