Logo

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?



काठमाडौं, जेठ ९ । आज बुधबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । मंगलबार प्रतितोला १ लाख ४० हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १०० रुपैयाँले घटेर प्रतितोला १ लाख ४० हजार ५००रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज तेजावी सुनको मूल्य पनि १०० रुपैयाँले नै घटेको छ। यो दिन तेजावी सुन प्रतितोला १ लाख ३९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले बताएको छ । आज चाँदीको मूल्य १५ रुपैयाँ प्रतितोलाका दरले बढेर १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्