Logo

गृहमन्त्री लामिछानेलाई झाँक्रीको सुझावः ‘तपाईँका विरुद्ध बोल्ने, लेख्ने सबैलाई मुद्दा चलाउनुस्’



काठमाडौं, ९ जेठ । नेकपा (एकीकृत समाजवादी) कि सचिव रामकुमारी झाँक्रीले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई विरुद्धमा लेख्ने र बोल्ने सबैलाई मुद्दा चलाउन सुझाव दिएकी छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले यस्तो सुझाव दिएकी हुन् । विरुद्धमा बोल्ने सबैलाई मुद्दा चलाएर अन्तिम लडाइँका लागि तयार हुन उनले गृहमन्त्री लामिछानेलाई चेतावनी दिईन् ।

‘तपाईँका विरुद्धमा बोल्ने, लेख्ने सबैलाई मुद्दा चलाउनुस् । त्यसपछि हामी फाइनल एटेम्ट (प्रयत्न) गर्छौं । स्टार्ट कान्तिपुरबाट भयो, सबैलाई मुद्दा चलाउनुस् । त्यतिबेला फाइनल लडाईँ सुरु हुन्छ । को कहाँ पुग्छ चाहीँ त्यतिबेला जनता कसको साथमा हुन्छन् ? हिसाब किताब हुन्छ,’– उनले भनिन् ।

साथै, उनले गृहमन्त्री लामिछानेलाई साइजमा बस्न आग्रह गरिन् । गृहमन्त्री लामिछानेलाई नेतृ झाँक्रीले ठगी, राज्यमाथिको विश्वासघात, परिवार र समाजमाथिको विश्वासघातमा जोडिएको पात्रका रुपमा चित्रण गदै ठीकठीकै साइजमा भनिन् । गृहमन्त्री लामिछानेले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि प्रवृत्त भावना राखेर पक्राउ गरेको दाबी गरिन् ।

‘जसका तमाम गतिविधिहरु कानुन विपरीत छन् । ठगीका छन्, राज्यमाथिको विश्वासघातका छन्, परिवार र समाजमाथिको विश्वास घातका छन् । ती घटनाहरु भएको व्यक्तिले ठीकठीकै साइजमा बसेको राम्रो हुन्छ,’– उनले भनिन् ।



प्रतिक्रिया दिनुहोस्