Logo

कैलाश सिरोहियालाई पक्राउ गरेर सरकारले तानाशाही प्रवृत्ति देखायोः अर्थशास्त्री न्यौपाने



काठमाडौं, ९ जेठ । अर्थशास्त्री डा. गोपीलाल न्यौपानेले उनले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेर सरकारले तानाशाही प्रवृत्ति देखाएको टिप्पणी गरेका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले समाचार लेखेकै भरमा अध्यक्ष सिरोहियालाई पक्राउ गरिएको बताए ।

उनले ‘रवि र छविहरु तानाशाही बाटोमा हिँड्न नहुने’ टिप्पणी गरे । ‘सरकारलाई मन पर्ने कुरामात्रै प्रकाशन गर्न स्वतन्त्रता छ । सरकारलाई मन नपर्ने कुरा तिमीले सम्प्रेषण गर्यौं भने खबरदार हालत कैलाश सिरोहियाको जस्तै हुन्छ भन्ने सन्देश सरकारले दिन खोजेको छ ।’ उनले भने, ‘यो तानाशाही सरकारको बाटो हो । सरकारलाई म आग्रह गर्न चाहन्छु, यो गलत बाटोमा रवि र छविहरु नहिँडून् ।’



प्रतिक्रिया दिनुहोस्