Logo

उपेन्द्रले भने: नीतिगत भ्रष्टाचारविरुद्ध समाचार प्रकाशित गरेकै कारण सिरोहियालाई पकाउ गर्नु दुर्भाग्यपूर्ण



काठमाडौं,९ जेठ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ प्रकरणमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

बुधबार एक विज्ञप्ति जारी गर्दै यादवले सिरोहियालाई पूर्वाग्रह तथा प्रतिशोधपूर्ण ढङ्गबाट पक्राउ गरिएको उल्लेख गरेका छन् । ‘लोकतन्त्रको पक्षमा लामो समयदेखि सङ्घर्ष गरेको कान्तिपुर मिडियामाथि आक्रमण गर्नु लोकतन्त्र, प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रतामाथि निर्मम प्रहार हो भन्ने हाम्रो ठम्याई छ’ उनले भनेका छन् ।

यादवले नीतिगत भ्रष्टाचारविरुद्ध निष्पक्ष समाचार प्रकाशित गरेकै कारण पकाउ गर्नु अत्यन्तै दुर्भाग्यपूर्ण भएको उल्लेख गरेका छन् । ‘राज्य संयन्त्रको दुरुपयोग गरी सञ्चार क्षेत्रलाई आतंकित पार्ने कार्य रोकी निजलाई तत्काल रिहाई गर्नु पर्दछ । आगामी दिनमा यस्ता पूर्वाग्रहपूर्ण घटना नदोहऱ्याउन सरकारलाई सचेत गराईन्छ’ उनले भनेका छन्।



प्रतिक्रिया दिनुहोस्