Logo

गृहमन्त्री लामिछाने र महान्याधिवक्ता पोखरेलविरुद्धको रिट दर्ता गर्न सर्वोच्च अदालतको आदेश



काठमाडौं, ९ जेठ । सर्वोच्च अदालतले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने र महान्यायाधिवक्ता दिनमणि पोखरेलविरूद्धको रिट दर्ता गर्न आदेश दिएको छ ।

अधिवक्ता अनुपम भट्टराईले महान्यायाधिवक्ता कार्यालयले सहकारी ठगी प्रकरणमा नाम मुछिएका गृहमन्त्री लामिछानेविरुद्ध सो प्रकरणमा कुनै उजुरी नभएको पत्र दिएको थियो । लामिछानेले निवेदन दिएपछि यस्तो पत्र जारी भएको थियो ।

महान्यायाधिवक्ता कार्यालयको उक्त पत्रविरूद्ध अधिवक्ता भट्टराईले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्च अदालतका मुख्य रजिष्ट्रारले भट्टराईको रिट दरपिठ गरिदिएका थिए।

दरिपिठविरूद्ध भट्टराईले सर्वोच्च अदालतमा अर्को रिट दायर गरेपछि आज (बुधबार) सर्वोच्चले रिट दर्ता गर्न आदेश एिको हो । सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजालसले निवेदकको मागबमोजिम हुने भनि आदेश दिएका छन् ।

file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot