Logo

यस्तो छ आजको मौसम पूर्वानुमान



काठमाडौं, जेठ १० । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। उक्त प्रभावका कारण अहिले देशका पहाडी भू-भागमा आंशिक बदली रही कोशी ,मधेश र लुम्बिनी प्रदेशका थोरै स्थानहमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रही कोशी र मधेश प्रदेश लगायत देशको पहाडी भू-भागमा चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।

त्यस्तै आज राती देशको पहाडी भू-भागमा आंशिक बदली रही कोशी, कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भू-भागमा चट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot